• १३ असोज २०८३, मंगलबार
  • १२ः१४ राती

सुपर खुदी हाइड्रोको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार १०:२९

८ माघ,२०८२ काठमाडौं – सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस २२ गतेदेखि आईपीओ निष्कासन सुरु गरेको थियो। आवेदन दिने म्याद माघ २१ गतेसम्म तोकिए पनि मागभन्दा बढी आवेदन परेकाले सो अवधिभन्दा अघि नै निष्कासन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ।

National Life

कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ३१ करोड रुपैयाँका ३१ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये १५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको हो।

निष्कासन गरिएको सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको सो आयोजनाको विद्युत अनुमतिपत्र अवधि २७ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्ने जनाइएको छ।

प्रतिकृया