• ३१ भदौ २०८३, बुधबार
  • ७ः२४ बेलुका

देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०९:२५

७ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया