• १ असोज २०८३, बिहीबार
  • २ः१० राती

सर्लाहीमा प्रतिनिधि सभा निर्वाचन: चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०९:१९

७ माघ,२०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका ६१ र ७२ स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन्।

National Life

जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार निर्वाचन क्षेत्र नं १ मा १० स्वतन्त्रसहित २९ जना, क्षेत्र नं २ मा १७ स्वतन्त्रसहित ३१ जना, क्षेत्र नं ३ मा १९ स्वतन्त्रसहित ३४ जना र क्षेत्र नं ४ मा २६ स्वतन्त्रसहित ३९ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका प्रमोद साह, जसपा नेपालका राम प्रकाश चौधरी र राष्ट्रिय मुक्ति पार्टीका विकास ठाकुरलगायत उम्मेदवार मैदानमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

क्षेत्र नं २ मा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, नेपाल कम्युनिस्ट पार्टीका महेन्द्र राय यादव र नेपाली कांग्रेसका डा. सरोज कुमारले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार, नेपाल कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका विनोदकुमार ढकाल र नेकपा एमालेका हरिप्रसाद उप्रेती उम्मेदवार छन्।

निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका गगन कुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह र जसपा नेपालका रामेश्वर राय यादवले मनोनयन दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिकृया