• १ असोज २०८३, बिहीबार
  • २ः४७ राती

गृह मन्त्रालयद्वारा प्रजिअसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार १०:३२

२९ पुस,२०८२ काठमाडौं –गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित आठ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । यस्तै, बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

National Life

सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजिअमा पदस्थापन गरिएको छ भने गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजिअमा पठाइएको छ ।

यसैगरी, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजिअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजिअमा पदस्थापन गरिएको छ । बागलुङका सहायक प्रजिअ जनकराज पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्न सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।

प्रतिकृया