• १ असोज २०८३, बिहीबार
  • ५ः५० बिहान

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०९:२४

२९ पुस,२०८२ काठमाडौं – सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

National Life

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद माघ ४ गतेसम्म तोकिएको छ । तोकिएको अवधिमा पूर्ण आवेदन नपरेमा माघ १४ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १ करोड कित्ता स्थानीय बासिन्दाका लागि, १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँड गरिसकिएको छ । साथै ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन् । आईपीओमा सी–आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिकृया