• ३ असोज २०८३, शनिबार
  • ११ः२८ बिहान

वीरगञ्जमा दुई समुदायबीच तनावपछि कर्फ्यू

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ०६:१७

वीरगञ्ज — धार्मिक एवं सामाजिक विवादका कारण वीरगञ्जका संवेदनशील क्षेत्रमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

National Life

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म भेला, सभा, जुलुस वा प्रदर्शन गर्न रोक लगाइएको छ।

यसअघि सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया