• ४ साउन २०८३, सोमबार
  • ७:१३ बेलुका

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ०९:२५

२१ पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ता तथा रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा घोषणा सभा हुने जानकारी दिएका छन् । सो अवसरमा विभिन्न राजनीतिक पृष्ठभूमिका नेता–कार्यकर्ताहरू औपचारिक रूपमा रास्वपामा समायोजन हुनेछन् ।

Kamana Sewa

यसैबीच, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरू आजै रास्वपामा समायोजन हुने जनाइएको छ ।

Classic Tech Desktop

रञ्जिता श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट बनेका नेता–कार्यकर्ताहरूले वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपालाई रोजेको बताइएको छ । रास्वपाले यो समायोजनले पार्टीको संगठन सुदृढ हुनुका साथै समावेशी राजनीतिक यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिकृया