• २ असोज २०८३, शुक्रबार
  • १२ः३५ दिउँसो

जेन जी आन्दोलनपछि पनि निजी क्षेत्र अझै असुरक्षित महसुस गरिरहेको छ: ढकाल

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार ०३:२७

१६ पुस,२०८२ काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि पनि निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता हुन नसकेको बताएका छन् ।

National Life

महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र आफ्नो दायित्वप्रति प्रतिबद्ध रहे पनि समृद्धिका लागि आवश्यक निजी क्षेत्रको संरक्षणको विषय अझै ओझेलमा परेको अनुभूति भएको बताए ।

‘निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैन,’ ढकालले भने, ‘गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का स्वाभाविक छ । उद्यमी र उद्यमशीलताको विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेशा–व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नभएसम्म मुलुकमा लगानी हुँदैन र आउँदैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

ढकालले शान्ति, स्थायित्व र विश्वासको वातावरण निर्माण नगरेसम्म आर्थिक समृद्धि सम्भव नहुने पनि उल्लेख गरे ।

प्रतिकृया