• ३१ भदौ २०८३, बुधबार
  • ७ः२६ बेलुका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार १०:३०

९ पुस,२०८२ काठमाडौं— आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेशका तराई भूभागमा मध्यान्हसम्म र बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहने पूर्वानुमान गरिएको छ।

National Life

दिउँसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भूभागमा दिउँसो पनि हुस्सु तथा कुहिरो कायमै रहनेछ। राति पनि यस्तै मौसमको अवस्था रहने महाशाखाले जनाएको छ।

तराईका भूभागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया