• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण आज कति बजेसम्म मात्रै दिन मिल्ने ?

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार १०:४०

९ पुस,२०८२ काठमाडौं— नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार) मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार सो समयपछि नवीकरणका लागि ‘डाटा इन्ट्री’ बन्द गरिने भएको हो।

बैठकपछि समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले बुधबार मध्याह्न १२ बजे क्रियाशील सदस्यता नवीकरणको अनलाइन प्रणाली ‘लक’ गरिने जानकारी दिएका छन्। उनका अनुसार बुधबार साँझ नै नवीकरण भएका क्रियाशील सदस्यताहरू प्रमाणीकरण गरेर पार्टी केन्द्रीय कार्यालयलाई बुझाइनेछ।

Kamana Sewa

समितिका अनुसार नयाँ क्रियाशील सदस्यताको विवरण भने बिहीबार राति १२ बजेसम्म ‘इन्ट्री’ गर्न सकिनेछ। उक्त प्रणाली पनि तोकिएको समयपछि स्वचालित रूपमा ‘अटो लक’ हुने जनाइएको छ। नयाँ क्रियाशील सदस्यताको प्रमाणीकरण शुक्रबार गरेर पार्टीलाई बुझाउने समितिको तयारी छ।

Classic Tech Desktop

समितिले क्रियाशील सदस्यता नवीकरणको ‘इन्ट्री’ जिल्ला सभापतिमार्फत् र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत् गराइरहेको जनाएको छ।

प्रतिकृया