• २ असोज २०८३, शुक्रबार
  • ६ः३७ बेलुका

किन जादै छन् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा ?

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार ०९:२७

 ६ पुस,२०८२ काठमाडौं— पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणका लागि प्रस्थान गर्दैछन्। जेन–जी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेयता उनको यो पहिलो औपचारिक भारत भ्रमण हो।

National Life

भारत बसाइको क्रममा डा. भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। स्वकीय सचिव रेखी गुरुङद्वारा जारी प्रेस नोटअनुसार डा. भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्ट तथा नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन्।

उनी पुस ९ गते नेपाल फर्किने कार्यतालिका रहेको छ। डा. भट्टराईको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता तथा लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको स्वकीय सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया