एमाले महाधिवेशन : ३६ प्रतिनिधि मतदानबाट अनुपस्थित
प्रकाशित मिति
२०८२ पुष ३ गते, बिहीबार ०९:४६
३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सम्पन्न भएको छ। कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २७ जनाले मात्र मतदान गरेका छन् भने ३६ जना प्रतिनिधि मतदानमा सहभागी भएनन्।
यसपटक अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको थियो।
निर्वाचन आयोगका अनुसार मतदानमा सहभागी नहुने प्रतिनिधिहरू विभिन्न केन्द्रीय कमिटी, आयोग, विभाग तथा जिल्ला/प्रवासबाट रहेका छन्। मतदान नगर्ने प्रतिनिधिहरूमा मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछामगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशी, पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी, प्रदीप प्याकुरेल, समिर नेपाल, रचना राजोपाध्यायलगायत रहेका छन्।







प्रतिकृया