• १४ असोज २०८३, बुधबार
  • ७ः२७ बिहान

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार १०:१०

३ पुस,२०८२ काठमाडौं— भुजुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरेको हो।

National Life

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।

स्थानीयतर्फ छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दाका लागि राखिएको छ भने बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्ता अप्रत्यक्ष प्रभावित सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का स्थानीयका लागि छुट्याइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, सर्वसाधारण समूहअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा माघ २ गतेसम्म म्याद थप गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा माग पूरा नभएमा पुस १७ गतेसम्म आवेदन खुला रहनेछ।

आईपीओका लागि स्थानीय आवेदकले क्व्होलासोथार गाउँपालिका–४ को कार्यालय, गाउँपालिकाको केन्द्रीय कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसीशहर शाखा तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया