• १३ असोज २०८३, मंगलबार
  • १ः५५ दिउँसो

एमाले मतगणना प्रक्रिया तीव्र, १० मेसिनपछि नतिजा सार्वजनिक हुने

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०९:३४

३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना प्रक्रिया अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हाल विद्युतीय भोटिङ मेसिनबाट चिप्स निकाल्ने काम जारी छ।

National Life

आयोगले जनाएको अनुसार ८० वटा मेसिनमध्ये ७० वटाबाट चिप्स निकालिसकिएको छ भने बाँकी १० वटाको प्रक्रिया पूरा भएपछि मतगणना औपचारिक रूपमा सुरु हुनेछ। सबै मेसिनको चिप्स सिल गरेर केन्द्रीय संकलन गरिएपछि मात्रै गणनाको काम अघि बढाइनेछ।

निर्वाचन आयोगका अनुसार मतगणना सकिएपछि सर्वपक्षीय बैठक बसेर सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी गरिएको छ। करिब राति ११ बजेतिर निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार बिहान सम्पन्न मतदानमा कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २७ जनाले मतदान गरेका थिए भने ३६ जना प्रतिनिधि अनुपस्थित रहेका थिए।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ। अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षबाट प्यानलसहित उम्मेदवारी परेको छ।

प्रतिकृया