• १४ असोज २०८३, बुधबार
  • १०ः३७ बिहान

पार्टीलाई विधिपूर्वक चलाउन अध्यक्षमा दाबी गरेको हुँ : ईश्वर पोखरेल

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०२:३४

मंसिर २९,२०८२ काठमाडौं— नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्ने उद्देश्यसहित अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारीको कारण स्पष्ट पारेका हुन्।

National Life

पोखरेलले पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधिपूर्वक र सही दिशामा अघि बढाउन आफू अध्यक्ष पदका लागि अघि बढेको बताए। पार्टीमा पुनर्गठन र पुनर्व्यवस्थापनको आवश्यकता औँल्याउँदै उनले विचार, संगठन र नेतृत्व तीनै तहमा पुनर्गठन अनिवार्य रहेको धारणा राखे।

उनले पार्टीको कार्यसम्पादन प्रणालीलाई पनि समयअनुकूल पुनर्व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसले पार्टीलाई थप अपडेटेड र प्रभावकारी बनाउने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्षका उम्मेदवार पोखरेलले एमाले महाधिवेशनमा निर्वाचनमार्फत प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको पनि स्पष्ट पारे। उनले भने, भूमिगत अवस्थामा रहँदा समेत पार्टीभित्र प्रतिस्पर्धा हुने गरेको स्मरण गराउँदै अहिले खुला र जनताको बहुदलीय जनवादले निर्देशित पार्टीमा आन्तरिक प्रतिस्पर्धा अस्वाभाविक नहुने बताए।

प्रतिकृया