एमालेको निर्वाचन तालिका संशोधन : अन्तिम नामावली प्रकाशन कहिले ?
प्रकाशित मिति
२०८२ मंसिर २९ गते, सोमबार ०२:१२
मंसिर २९,२०८२ काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन गरिएको छ। एमालेको एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेसँगै केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार संशोधित कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्न सकिनेछ। यसअघि प्रकाशित कार्यतालिकामा उक्त समय साढे १० बजेदेखि साढे १ बजेसम्म तोकिएको थियो।
संशोधित कार्यतालिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने आयोगले जनाएको छ। उम्मेदवारको नाम फिर्ता गर्ने समय आजै साँझ ५ बजेदेखि ६ बजेसम्म तोकिएको छ।
उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन हुने बताइएको छ। निर्वाचन कार्यतालिका अनुसार मतदान भने भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ।
एमाले महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।









प्रतिकृया