एमाले अध्यक्ष उम्मेदवारी दर्ता शुल्क १५ हजार, अरु पदलाई कति ?(सूचीसहित)
प्रकाशित मिति
२०८२ मंसिर २९ गते, सोमबार ०२:५०
मंसिर २९,२०८२ काठमाडौं— नेकपा (एमाले) अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ। मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो।
निर्वाचन प्रक्रिया सुरु भएसँगै एमालेले विभिन्न पदका लागि उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीका लागि ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। ओली र पोखरेल दुवै आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवारसमेत टुंगो लगाइसकेका छन्।
एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। सबै पदाधिकारी पदमा निर्वाचन हुने पक्का भएको छ।
निर्वाचन कार्यतालिका अनुसार मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।








प्रतिकृया