• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार ०९:४३

मंसिर २२, २०८२ काठमाडौं— सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएको छ। यसअनुसार लाभांश प्राप्त गर्ने शेयरधनीका लागि आज मंसिर २२ गते अन्तिम दिन हो।

National Life

बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्ने उद्देश्यले बैंकले पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान १०:३० बजे साधारणसभा आयोजना गर्न लागेको हो।

आगामी साधारणसभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग सम्भावित मर्जरका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि राखिनेछ। साथै, सञ्चालकहरूको भत्ता वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव सभामा पेश गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सानी हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ। त्यससँगै चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा समावेश गरिएको छ।

प्रतिकृया