• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँ किन भेट्दै छन् आज ?

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार १०:११

मंसिर २२, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी तथा राजसंस्था समर्थक अभियन्ता दुर्गा प्रसाईँबीच सोमबार (मंसिर २२) दिउँसो ३ बजे भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री कार्कीले वार्ताका लागि पठाएको पत्रपछि प्रसाईँसँग आज छलफल तय भएको हो।

National Life

प्रसाईँले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य घोषणा लगायतका माग सरकारसमक्ष प्रस्तुत गरेका छन्। माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि उनीले दिँदै आएका छन्।

आज हुने भेटवार्तामा प्रसाईँका माग र सरकारको धारणा सम्बन्धमा औपचारिक छलफल हुने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया