• २० असोज २०८३, मंगलबार
  • ४ः५१ बिहान

नेपालगञ्ज–दिल्ली सिधा उडान सुरु गर्ने आग्रह, निजी क्षेत्रद्वारा प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापन

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार ०९:३७

मंसिर २२, २०८२ काठमाडौं— नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सुरु गर्न निजी क्षेत्रले सरकारले तत्काल पहल गर्नुपर्ने मांग गरेको छ। आइतबार नेपालगञ्जमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि यो उडानका लागि पहल भइरहे पनि कार्यान्वयन नहुँदा क्षेत्रको विकास प्रभावित भएको बताए।

National Life

धामीका अनुसार सिधा हवाई उडान सुरु भए व्यापार, उद्योग तथा पर्यटन क्षेत्रमा ठूलो सम्भावना खुल्नेछ। उनले उडानका लागि आवश्यक पूर्वाधार नेपालगञ्ज विमानस्थलमा उपलब्ध रहेको भन्दै अब सरकारबाट नीतिगत तथा कार्यान्वयनका कदम मात्र आवश्यक रहेको उल्लेख गरे।

अर्थमन्त्री खनालले वर्तमान सरकार विशेष परिस्थितिमा बनेकाले धेरै कामहरू चाहना भए पनि गर्न नसकिएको बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मात्र स्थायी सरकार बन्ने उल्लेख गर्दै उनले अहिलेको सरकार तीन महिनाका लागि मात्रै रहेको धारणा राखे।
“हामी राजनीतिक स्थिरता बिगार्ने वा निर्वाचन प्रक्रियामा प्रभाव पार्ने कुनै काम गर्दैनौं,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले भन्सार दर घटाउन आग्रह गर्दै तस्करीका कारण व्यवसायीहरू आहत भएको बताए। अध्यक्ष धामीले पनि रुपैडिहा नाकाबाट ठूलो परिमाणमा भन्सार चुहावट हुने गरेको बताउँदै नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक रहेको उल्लेख गरे।

सङ्घले सिधा उडानसहित आर्थिक, भन्सार, व्यापार र पूर्वाधारसम्बन्धी विभिन्न विषय समेटिएको २१ बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीको नाममा बुझाएको जनाएको छ।

प्रतिकृया