• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बिहान

देशभर आंशिक बदली, हिमाली भेगका केही स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार ०९:३३

मंसिर २२, २०८२ काठमाडौं—  जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायूको आंशिक प्रभाव सक्रिय रहेको छ। बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली देखिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहेको विभागले जनाएको छ।

National Life

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहितका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। अन्य स्थानमा मौसम सफा रहने विभागले उल्लेख गरेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशका उच्च हिमाली भागमा पनि हल्का हिमपातको अनुमान गरिएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भागमा मौसम सफा रहने विभागले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया