• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बिहान

प्रतिनिधिसभा निर्वाचन : १०२ दल एक्लै, १२ दल संयुक्त रूपमा प्रतिस्पर्धामा

प्रकाशित मिति

२०८२ मंसिर २१ गते, आईतवार ०५:२८

मंसिर २१, २०८२ काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ वटा राजनीतिक दल सहभागी हुने भएका छन्। निर्वाचन आयोगका अनुसार १२० दलले भाग लिन निवेदन दिएकोमा १०२ दलले एक्लै चुनाव लड्नेगरी निवेदन दिएका छन्, जसलाई आयोगले स्वीकृति प्रदान गरेको छ।

National Life

यसैगरी १२ राजनीतिक दलले आपसमा समूह बनाएर संयुक्त रूपमा पाँच विभिन्न एकल चुनाव चिन्ह प्रयोग गर्नेगरी निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार यी १२ दल विभिन्न समूहमा विभाजित रहेर ५ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन्।

कुल ११४ दलबाट १०७ वटा चिन्हमार्फत आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा हुने आयोगले जनाएको छ। आयोगले सबै निवेदनको प्रक्रिया पूरा गरी दल दर्ता स्वीकृत गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आइतबारदेखि सुरु भएको छ। समानुपातिक प्रणालीमा भाग लिन इच्छुक दलले मंगलबारसम्म निवेदन दिन सक्नेछन्। प्राप्त निवेदनको अध्ययनपछि मंसिर २६ सम्म स्वीकृति दिने गरी आयोगले समयसीमा निर्धारण गरेको छ। आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने व्यवस्था छ, जसमा ५० प्रतिशत महिला अनिवार्य रहनेछ। प्रत्यक्ष तर्फ भने माघ ६ गते उम्मेदवारी मनोनयन हुनेछ।

समानुपातिकतर्फ निवेदन दिन दलहरू आयोगमा पुग्ने क्रम जारी रहेको आयोगले जनाएको छ।

प्रतिकृया