• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बिहान

हेटौंडामा सडक विस्तार कार्य सर्वोच्चको आदेशपछि स्थगित

प्रकाशित मिति

२०८२ मंसिर २१ गते, आईतवार ०४:३८

मंसिर २१, २०८२ काठमाडौं— सडक डिभिजन हेटौंडाले मुख्य बजार क्षेत्रको सडक विस्तार कार्य सर्वोच्च अदालतको उत्प्रेषण आदेशपछि तत्कालका लागि स्थगित गरेको छ। डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार २०८२ सालको ‘सडक सीमा संरक्षण कार्यक्रम’ विरुद्ध दायर रिटमा अदालतले १९ मंसिरमा सूचना कार्यान्वयन नगर्न आदेश दिएपछि विस्तार रोकिएको हो।

National Life

शनिबार मात्रै करिब ५०० घर भत्काएका थिए भने विस्थापित परिवारलाई घरबाट सामान निकाल्न दुई दिन समय दिइएको डिभिजनले जनाएको छ।

पूर्वप्रतिनिधिसभा सदस्य विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले सडक विस्तारमा यथास्थिति कायम गर्न निर्देशन दिएको हो। छलफलका लागि २६ मंसिर पेशी तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया