• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बिहान

युवा दृष्टि, प्राविधिक अनुभव र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित इन्जिनियर राजन थापाद्वारा उम्मेद्वारी घोषणा

प्रकाशित मिति

२०८२ मंसिर २१ गते, आईतवार ०३:५४

मंसिर २१, २०८२ काठमाडौं— नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनमा ४० वर्षभन्दा कम उमेरका प्राविधिक तथा पेशागत युवाहरूको प्रतिनिधित्व गर्दै प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (PEAN) का केन्द्रीय महासचिव इञ्जिनियर राजन थापाले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेद्वारी औपचारिक रूपमा घोषणा गरेका छन्। थापाले सक्रिय युवाशक्ति, इन्जिनियरिङ योजना र संगठनात्मक व्यवस्थापन क्षमतामार्फत पार्टीमा “नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी नेतृत्व” स्थापना गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार आगामी महाधिवेशन पार्टीलाई आधुनिक, टेक्नोलोजी–मैत्री र युवाले नेतृत्व गर्ने संगठनमा रूपान्तरण गर्ने अवसर हो।

National Life

थापा २३ वर्षको राजनीतिक यात्रा र १३ वर्षको व्यावसायिक अनुभवसहित राजनीतिमा परिचित नाम मानिन्छन्। विद्यार्थी राजनीतिबाट सुरू भएको उनको संगठनात्मक यात्रा अनेरास्ववियु, प्राविधिक विद्यार्थी संगठन, नेपाल इन्जिनियर्स एसोसिएसन र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको निरन्तर नेतृत्व हुँदै आज पार्टीको केन्द्रीय तहमा जिम्मेवारी खोज्दै अघि बढिरहेको छ। २०७२ को भूकम्पपछि सिन्धुपाल्चोकमा ९० हजारभन्दा बढी घर निर्माणसम्बन्धी पुनर्निर्माण परियोजनामा प्रत्यक्ष नेतृत्व, घरधनी सम्झौता, प्रविधिक परीक्षण र निर्माण अनुगमनमार्फत समुदाय स्तरमा उनी प्रभावकारी रूपमा स्थापित भएका थिए। त्यस्तै, पार्टी कार्यालय च्यासलको पुनर्निर्माणमा पनि उनले प्रत्यक्ष प्राविधिक नेतृत्व गर्दै क्षति मूल्यांकनदेखि निर्माण पूरा गर्न सहयोग गरेका थिए।

सिभिल इन्जिनियरिङमा स्नातक र Disaster Risk Engineering and Management मा स्नातकोत्तर उपाधि प्राप्त थापाले CARE Nepal, ACTED Nepal, नेपाल ग्रामीण पुनर्निर्माण संस्था र JICA जस्ता संस्थासँग पूर्वाधार योजना, विपद् जोखिम न्यूनीकरण र इन्जिनियरिङ कन्सल्टिङमा काम गरेका छन्। हाल Ripple Group of Companies का अध्यक्ष रहेका उनले संगठनात्मक सुशासन, परियोजना व्यवस्थापन, युवाले नेतृत्व गर्ने नीतिनिर्माण र परिणामजन्य राजनीतिका पक्षमा आवाज उठाउँदै आएका छन्। पार्टीले जिल्लादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई कोटा र प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै, थापाले अब केन्द्रीय कमिटीमा युवाको सहभागिता मजबुत पार्दै पार्टीलाई दीगो, व्यावसायिक र आधुनिक नेतृत्वतर्फ लैजाने आफूले लक्ष्य राखेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया