• २ असोज २०८३, शुक्रबार
  • ७ः२२ बेलुका

कुलमानको सक्रियता : हर्कसँग भेट टुटेपछि बालेनसँगको फोटो सार्वजनिक

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ११:०७

मंसिर १५ , २०८२ काठमाडौं – उज्यालो नेपाल पार्टीका नेता तथा ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपाल भ्रमणमा छन्। आइतबार धरानमा कार्यक्रम गरी सोमबार मोरङको बेलबारी र झापा पुगेका छन्। संगठन विस्तार र कार्यकर्ता भेटघाटका उद्देश्यले गरेको यो दौडाहामा आदिवासी–जनजाति समुदायको बलियो उपस्थिति भएको क्षेत्रमा पार्टी गतिविधि तीव्र बनाइएको छ।

National Life

धरान, बेलबारी र झापामा श्रम संस्कृति पार्टीका मेयर हर्क साम्पाङका समर्थक धेरै भए पनि घिसिङ र साम्पाङबीच भेटवार्ता भएको छैन। पूर्वका थुप्रै पहिचानवादी नेताहरू उज्यालो नेपालतर्फ आकर्षित हुँदै गएपछि दुवैबीच दूरी बढेको देखिन्छ।

यसैबीच, कुलमान घिसिङ काठमाडौंका मेयर बालेन शाहसँग नजिकिएको चर्चा छ। घिसिङले बालेनसँगको फोटो सार्वजनिक गर्दै सहकार्यको संकेत पनि दिएका छन्। सोमबार झापामा विभिन्न भेटघाटपछि घिसिङ भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किने कार्यक्रम छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया