सुनसरीमा बस्नेतमाथि रातो रङ फ्याँकिएपछि यस्तो दिए प्रतिक्रिया
प्रकाशित मिति
२०८२ मंसिर ७ गते, आईतवार ०१:०१
मंसिर ७, २०८२ काठमाडौं – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सरकार अलोकतान्त्रिक भएकैले त्यसका पक्षपोषकहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा लागिरहेको आरोप लगाएका छन्। सुनसरीमा युवा संघद्वारा आयोजित कोशी जागरण सभामा सहभागी हुन जाँदै गर्दा दुई युवाले बेलुनमा भरेको रातो रङ् उनी सवार गाडीमा छ्यापेपछि बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन्।
बस्नेतले लोकतन्त्रमा सबैले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न पाउने अधिकार रहेको भन्दै विरोध गर्न पनि शान्तिपूर्ण विधि अपनाउनुपर्ने बताए। उनले भने, “हाम्रो विरोधमा भाषण गर, नारा लगाऊ, तर ढुंगा हान्ने र बाटो छेक्ने काम लोकतन्त्रको उपहास हो।”
उनका अनुसार कार्यक्रम गर्न लागेको दिन नै अवरोध सिर्जना गर्नु अस्वीकार्य भए पनि विरोध जनाउन मन भए भोलिपल्टा त्यसै स्थानमा शान्तिपूर्ण सभा गरेर अभिमत राख्न सकिने बताए।
भदौ २३ र २४ को जेन–जी आन्दोलनपछिकालदेखि बस्नेत र जेन–जी युवाबीचको तिक्तता बढ्दै आएको छ। बस्नेतले आफू पञ्चायत, शाही शासन र माओवादी युद्धकालसम्म सामना गरे







प्रतिकृया