• २ असोज २०८३, शुक्रबार
  • ७ः०३ बेलुका

दरमखोला हाइड्रोपावरबाट विद्युत् उत्पादन सुरु

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०९:०२

मंसिर २, २०८२ काठमाडौं— बागलुङको गलकोट नगरपालिका–८ स्थित दरमखोला हाइड्रोपावरले आइतबारदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। विसं २०७७ मा निर्माण सुरु भएको यो ९.६ मेगावाट क्षमताको आयोजना करिब एक महिना अघि हरिचौर सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो।

National Life

बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने भए पनि हाल हिउँदमा ६.६ मेगावाट मात्र उत्पादन भइरहेको इञ्जिनियर मिथिलेस चौधरीले बताए।

करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हाइड्रोपावर प्रारम्भिक रूपमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने भए पनि पछि दरमखोला हाइड्रो इनर्जी प्रालिले जिम्मा लिएर काम सम्पन्न गरेको अध्यक्ष नरबहादुर पुनले बताए। यो बागलुङमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो हाइड्रोपावर परियोजना हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया