पार्टी फर्किने नेताहरू जिम्मेवारीविहीन हुने छैनन् : महासचिव शङ्कर पोखरेल
प्रकाशित मिति
२०८२ कार्तिक २७ गते, बिहीबार ०१:४१
कात्तिक २७, २०८२ काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा पुनः प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारी प्रदान गरिने बताएका छन्। ललितपुरको च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार आयोजित ‘घर फर्क अभियान’ सम्बन्धी भेटघाट कार्यक्रममा पोखरेलले पार्टी बाहिर रहेर फर्किने कुनै पनि नेता वा कार्यकर्ता जिम्मेवारीविहीन रहने अवस्था नआउने स्पष्ट पारे।
उनले भने, “पार्टी छोड्दाको समयमा जसको हैसियत जहाँ, जस्तो थियो, त्योभन्दा तलको व्यवहार हुँदैन। पार्टीमा फर्किने सबैलाई उचित सम्मानका साथ जिम्मेवारी दिनेछौँ।”
महासचिव पोखरेलका अनुसार, कसलाई कहाँ र कस्तो जिम्मेवारी दिने भन्ने विषयमा पार्टीभित्र छलफल चलिरहेको छ र आगामी ११औं राष्ट्रिय महाधिवेशनअघि नै त्यसको टुङ्गो लगाइनेछ।
यसैबीच, एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयन, महाधिवेशन आयोजक समिति, विषयगत समिति र उपसमितिहरूमा जिम्मेवारी बाँडफाँड गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।








प्रतिकृया