निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश जान तथा उपत्यका छाड्न रोक
प्रकाशित मिति
२०८२ कार्तिक २७ गते, बिहीबार ०१:३३
कात्तिक २७, २०८२ काठमाडौं— निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ। २३ र २४ भदौका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै खापुङमाथि यस्तो प्रतिबन्ध लगाएको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी सूचनामा भनिएको छ, “आजबाट सेवा निवृत्त हुनुभएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ।”
आयोगले उक्त निर्णयको जानकारी खापुङलाई समेत गराएको जनाएको छ। खापुङ हालै सेवा निवृत्त भएका हुन्। भदौ २३ र २४ मा भएका घटनाका कारण आयोगले उनलाई छानबिनका लागि प्रमुख व्यक्तिका रूपमा राखेको बताइएको छ।








प्रतिकृया