• ४ साउन २०८३, सोमबार
  • ३:५० बिहान

आज देशभरको मौसम सफा रहने

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ०९:२३

कात्तिक  २७, २०८२ काठमाडौं— देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। त्यस्तै, आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Kamana Sewa

प्रतिकृया