स्काउटको जग्गामा पूर्व मन्त्री खड्काले बनाइएका संरचनामा महानगरले चलायो डोजर
प्रकाशित मिति
२०८२ कार्तिक २७ गते, बिहीबार ०९:०७
कात्तिक २७, २०८२ काठमाडौं— काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काले निर्माण गरेका संरचना डोजर लगाएर भत्काएको छ। बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो र सो स्थलमा निर्माण भएका भवन र संरचना भत्काइएको हो।
नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय रहेको सो जग्गा खड्काले भाडामा लिएर प्रयोग गर्दै आएका थिए। तर लामो समयदेखि भाडा नतिरेपछि स्काउटले २० कात्तिकमा सूचना जारी गर्दै सात दिनभित्र भाडा चुक्ता गर्न निर्देशन दिएको थियो।

म्याद सकिएपछि पनि भाडा नतिरेकाले स्काउटले आफ्नो जग्गामा बनेका सम्पूर्ण संरचना र सामग्री जफत गर्ने चेतावनी दिएको थियो। स्काउटले चेतावनी दिँदै भनिएको थियो— “जफतबाट पनि बक्यौता असुल नभए खड्काको जायजेथाबाट असुल गरिनेछ।”

यसैबीच, काठमाडौं महानगरपालिकाले स्काउटको आग्रहमा उक्त संरचना हटाउने कार्य अघि बढाएको जनाएको छ।




प्रतिकृया