• २० असोज २०८३, मंगलबार
  • ९ः२१ बिहान

सुनको मूल्य घट्दा आज चाँदीको बढ्यो

प्रकाशित मिति

२०८२ कार्तिक २६ गते, बुधबार ११:५०

कात्तिक  २६, २०८२ काठमाडौं— नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन को मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेर दुई लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

National Life

यसअघि मङ्गलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार चाँदी प्रतितोला तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया