• ४ साउन २०८३, सोमबार
  • ८:०२ बेलुका

दार्चुला पावरले आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार १०:०३

कात्तिक २०, २०८२ काठमाडौं— दार्चुला पावर लिमिटेडले मंसिर १२ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले उक्त साधारणसभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे आयोजना गर्ने जनाएको छ।

साधारणसभामा कम्पनीले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पेश गर्नेछ। साथै आईपीओ जारी गर्नका लागि कम्पनीको पूँजी संरचना वृद्धि गर्ने र त्यसअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेण्डा पनि तय गरिएको छ।

Kamana Sewa

यसबाहेक, समान उद्देश्य भएका कम्पनीसँग मर्जर (गाभ्ने/गाभिने) प्रक्रिया अघि बढाउन तथा सो सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

Classic Tech Desktop

साधारणसभामा गत आर्थिक वर्षको अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्नेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा समावेश गरिएको छ।

प्रतिकृया