• ७ असोज २०८३, बुधबार
  • ४ः५६ बिहान

नबिल बैंकको नाफा १४.५७ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार ०९:५०

कात्तिक २०, २०८२ काठमाडौं— नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।

National Life

बैंकका अनुसार नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा कमी र इम्पेरमेन्ट चार्जमा वृद्धि हो। चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ भने फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको सञ्चालन नाफा १०.८४ प्रतिशतले घटेको छ। गत आवको पहिलो त्रैमासमा ४५ करोड ७७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज बढेर अहिले ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ, प्रति सेयर आम्दानी (EPS) २५.९७ रुपैयाँ (३.८६ रुपैयाँले घटेको) र प्रति सेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।

नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ, निक्षेप संकलन ५ खर्ब ५६ अर्ब रुपैयाँ, र कर्जा लगानी ४ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ।

प्रतिकृया