• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

नेपाल एयरलायन्सको अध्यक्षमा राईले लिए शपथ

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०४:५७

कात्तिक १८, २०८२ काठमाडौं—  नेपाल वायुसेवा निगमको सञ्चालक समितिका नव नियुक्त अध्यक्ष विक्रम राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव श्री इन्दु घिमिरेसँग पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार भएको शपथ कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू क्याप्टेन सुधीर राई, अमृतमान श्रेष्ठ, रामप्रसाद खतिवडा र निमित्त महाप्रबन्धकको उपस्थिति रहेको थियो।

Kamana Sewa

शपथपछि मन्त्रालयका निमित्त सचिव घिमिरेले निगमलाई सुधारको बाटोमा अगाडि बढाउँदै व्यवस्थित पद्धतिको थालनी गर्ने जिम्मेवारी निगम संचालक समितिका अध्यक्ष, सदस्य तथा निमित्त महाप्रबन्धकको काँधमा आएको बताउँदै बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरे।

Classic Tech Desktop

नवनियुक्त अध्यक्ष राईले अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको भरोसा तथा विश्वासले अध्यक्षको जिम्मेवारी प्राप्त भएको बताए । उनले निकट भविष्यमा ठोस उपलब्धिमूलक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले निकट भविष्यमा नै ठोस उपलब्धिमूलक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया