• २० असोज २०८३, मंगलबार
  • १०ः३३ बिहान

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०१:५४

कात्तिक १८, २०८२ काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला काठमाडौंको थापागाउँस्थित एक बैंक्वेटमा सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि, पक्षधरहरू आफ्नै छलफलमा जुटेका हुन्।

National Life

भेलाको तयारी केहीबेरअघि सुरु भएको हो। यसअघि आइतबारका लागि भेला डाकिएको थियो, तर केन्द्रीय कार्यसमितिले बैठक स्थगित गरेपछि पक्षधरहरूले पनि भेला पछि धकेलेका थिए।

विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाएर विशेष महाधिवेशनको माग गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया