हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आज निर्वाचन आयोगबाट आधिकारिकता
प्रकाशित मिति
२०८२ कार्तिक १६ गते, आईतवार ११:५२
कात्तिक १६, २०८२ काठमाडौं— धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी आज निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गर्दैछ। पार्टीले प्रमाणपत्र लिन दिउँसो २ बजे आयोगमा जाने कार्यक्रम तय गरेको केन्द्रीय सदस्य गोपालबहादुर खड्काले जानकारी दिएका छन्।
साम्पाङ नेतृत्वको पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ। पार्टीको संरचनाअनुसार अध्यक्षमा हर्क साम्पाङ, उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्। यसैगरी, पार्टीमा २८ जना केन्द्रीय सदस्य र ५ जना पदाधिकारी रहेका छन्।

गत असोज १२ गते आइतबार हर्क साम्पाङ स्वयं निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका थिए। आज पनि उनी स्वयं दल दर्ताको प्रमाणपत्र ग्रहण गर्न आयोगमा उपस्थित हुने केन्द्रीय सदस्य गोपालबहादुर खड्काले बताएका छन्।

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै श्रम संस्कृति पार्टीले अब धरान र आसपासको क्षेत्रमा राजनीतिक गतिविधि सुरु गर्न सक्नेछ।




प्रतिकृया