• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

माओवादीसँग एकताको तयारीपछि नेकपा (एस) फुटको संघारमा

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार ०२:५८

कात्तिक १४, २०८२ काठमाडौं— नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ। अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अघि बढाएपछि सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसालसहित दर्जनौं नेता यस एकताको विपक्षमा उभिएका छन्।

National Life

अध्यक्ष नेपालले माओवादीसँग छिटो एकता गर्नुपर्ने संकेत गरे पनि नेताहरूको ठूलो समूहले यसलाई अस्वीकार गर्दै एमालेमै फर्किने वा नयाँ पार्टी पुनर्गठन गर्ने धारणा राखेका छन्। नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै एकता नभई फुटको खतरा बढेको संकेत गरेकी छन्।

प्रतिकृया