• १ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

बलम्बु प्रहरी प्रभागमा तोडफोड, मोटरसाइकल आगजनी गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ११:२६

कात्तिक ११, २०८२ काठमाडौं— बलम्बु प्रहरी प्रभागमा तोडफोड गर्दै प्रहरीको मोटरसाइकल आगजनी गर्ने तीर्थमान तामाङ (२०) नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

National Life

पक्राउ पर्ने तामाङ दोलखाको सैलुङ गाउँपालिका-८ घर भएका हुन्। प्रहरीले उनलाई सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार २४ भदौको जेनजी आन्दोलनको क्रममा तीर्थमान तामाङसहितका व्यक्तिहरूले प्रहरी कार्यालय तोडफोड गर्दै क्युआरटी मोटरसाइकलमा आगजनी गरेका थिए। यस क्रममा कार्यालयका विभिन्न सामान पनि चोरी भएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ पछि तामाङविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिकृया