• १ असोज २०८३, बिहीबार
  • २ः२० दिउँसो

एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार १०:४६

कात्तिक ११, २०८२ काठमाडौं— एसवाई प्यानल नेपाल लिमिटेडले यही कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (Initial Public Offering) जारी गर्ने भएको छ। कम्पनीले यसअघि प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमति पाएको छ। यस मध्ये पहिलो चरणमा आयोजना प्रभावितहरूलाई २ लाख ६१ हजार ६२७ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ४ लाख ९७ हजार ९२ कित्ता आईपीओ बाँडफाँड भइसकेको छ।

अब बाँकी सेयरमध्ये कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसपछि बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला हुनेछ। सर्वसाधारणले आवेदन दिने क्रममा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सक्नेछन्। त्यसअनुसार, यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा ५० लाख रुपैयाँसम्म लगानी गर्न सकिन्छ।

आवेदन कात्तिक १९ गतेदेखि खुल्ने र कात्तिक २३ गतेसम्म बन्द हुनेछ। यस आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने मध्यम सुनिश्चितता रहेको संकेत गर्छ।

आईपीओ निष्कासन तथा बाँडफाँडको सम्पूर्ण प्रक्रिया प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ।

प्रतिकृया