• १ असोज २०८३, बिहीबार
  • ३ः०८ दिउँसो

एमालेले बोलायो सचिवालय बैठक,यस्तो छ एजेण्डा ?

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार १०:२०

कात्तिक ११, २०८२ काठमाडौं—  नेकपा (एमाले)ले एघारौँ महाधिवेशनका तयारीलाई तीव्र बनाउँदै आगामी कार्तिक १५ गते केन्द्रीय सचिवालय बैठक बस्ने निर्णय गरेको छ। बैठकमा महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णयहरू गर्ने पार्टीले जनाएको छ।

National Life

पार्टीका कार्यालय सचिव डा‍. भीष्म अधिकारीका अनुसार, सचिवालय बैठकमा महाधिवेशनको सम्पूर्ण तयारीबारे विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया, उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय, लोगो र नारा निर्धारण लगायतका विषयमा निर्णय गर्ने तयारी गरेको छ।

एमालेको केन्द्रीय कमिटीले यसअघि असोज २९ देखि ३१ गतेसम्म बसेको बैठकमार्फत एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सचिवालयका एक नेताका अनुसार, कार्तिक १५ गतेको बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ। साथै, महाधिवेशन सफल बनाउन आवश्यक राजनीतिक, प्राविधिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिने निर्णय पनि हुने अपेक्षा गरिएको छ।

यसैबीच, गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले प्रारम्भिक तयारी सुरु गरिसकेका छन्। पोखराको विभिन्न स्थानमा स्थल व्यवस्थापन र आवास व्यवस्थापनका काम भइरहेको जनाइएको छ।

भदौ २४ गतेको विध्वंसक घटनामा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी भएपश्चात सोही स्थानमा पाल टाँगेर अस्थायी कार्यालय सञ्चालन गरिएको छ। डा‍. अधिकारीका अनुसार, त्यही अस्थायी कार्यालयबाट दैनिक कामसँगै महाधिवेशन केन्द्रित तयारीहरू पनि सुरु गरिएको छ।

प्रतिकृया