• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

भूमिमन्त्रीका सिफारिस गणपतिलाल श्रेष्ठको पनि शपथ रोकियो

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ०२:४४

कात्तिक ९, २०८२ काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रूपमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि आज शपथ नहुने भएको छ। श्रेष्ठमाथि भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको जानकारी बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले उनको सिफारिस रोकेर शपथ स्थगित गरेको स्रोतले जनाएको छ।

National Life

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस गरिएका खगेन्द्र सुनारको पनि फौजदारी मुद्दा सार्वजनिक भएपछि शपथ रोकिएको थियो।

यससँगै आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा दुई मन्त्री—डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता—मात्रै शपथग्रहण गर्ने भएका छन्। डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया