• १ असोज २०८३, बिहीबार
  • ५ः३१ बिहान

विद्युत प्राधिकरणले महसुल नतिरेका थप १८ उद्योगको विद्युत् लाइन काट्यो

प्रकाशित मिति

२०८२ कार्तिक ८ गते, शनिबार ०१:२३

कात्तिक ८, २०८२ काठमाडौं — नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरी महसुल नतिरेका थप १८ उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेको छ। प्राधिकरणले शुक्रबार मात्र १३ उद्योगको लाइन काटेको जनाएको छ।

National Life

लाइन काटिएका उद्योगहरूमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टील, श्याम प्लास्टिक, गोयन्का फूड्स, एसआर स्टील, पञ्चकन्या प्लास्टिक, भलवारि स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेष्ट रोलिङ, घाराना फूड्स, विशाल सिमेन्ट, एसआर फूड्स, सिद्वार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरल्स एण्ड आयल्स र निगाले सिमेन्ट रहेका छन्।

यसअघि गत मङ्गलबार प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको पनि विद्युत् लाइन काटेको थियो। यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन प्रयोग गरेबापतको थप महसुल तिरेका छैनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्राधिकरणले असोज १२ गते प्रशासकीय पुनरवलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही बदर गर्दै कात्तिक १७ भित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो। त्यसपश्चात असोज १३ मा सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः आग्रह गरिएको थियो।

बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनासम्म किस्ताबन्दी सुविधा पनि दिइएको प्राधिकरणले जनाएको छ।
यसैअन्तर्गत हामा आइरन एन्ड स्टील, सर्वोत्तम सिमेन्ट, हुलास स्टील, अशोक स्टील, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले किस्ता तिरेका छन्।

प्रतिकृया