• २० असोज २०८३, मंगलबार
  • ११ः५० बिहान

इजरायलमा हमासको हिरासतमा मारिएका विपिन जोशीको अन्तिम संस्कार आज

प्रकाशित मिति

२०८२ कार्तिक ४ गते, मंगलवार ०९:०६

कात्तिक ४, २०८२ काठमाडौं– इजरायलमा हमासको हिरासतमा मारिएका कञ्चनपुरका विपिन जोशीको अन्तिम संस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदी किनारमा गरिँदैछ। परिवारका अनुसार विपिनको पार्थिव शरीर सोमबार साँझ नेपाली सेनाको सम्मानका साथ परिवारलाई बुझाइएको हो।

National Life

इजरायलबाट काठमाडौँ ल्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकमार्फत सोमबार साँझ धनगढी पुर्‍याइएको थियो। त्यहाँबाट सेनाको टोलीले शवलाई सम्मानपूर्वक परिवारलाई हस्तान्तरण गरेको हो। शव हस्तान्तरणका क्रममा नेपालस्थित इजरायली दूतावासका अधिकारीहरू पनि विपिनको घरसम्म पुगेका थिए।

इजरायलले प्रदान गरेको फरेन्सिक परीक्षण रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ। इजरायलको द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन द्वारा गरिएको परीक्षणमा गोली लागेका कारण मृत्यु भएको पुष्टि गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

विपिन जोशी दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका थिए। इजरायल पुगेको एक महिनामै उनी हमासको आक्रमणमा परेका थिए। सो आक्रमणमा परी विश्वविद्यालयका अन्य १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमासले बन्धक बनाएको थियो।

इजरायल–हमासबीच युद्धविरामपछि विपिनको मृत्यु पुष्टि भएको थियो। युद्धविराम अन्तर्गतको बन्दी साटासाट सम्झौता अनुसार असोज २७ गते हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। इजरायली सेनाले हमासले उनलाई अपहरणपछि केही महिनामै हत्या गरेको जनाएको छ।

प्रतिकृया