• २० असोज २०८३, मंगलबार
  • १ः२५ दिउँसो

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ आश्विन २९ गते, बुधबार ०९:२०

असोज २९,२०८२ काठमाडौं- श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनीको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको हो।

National Life

यसअन्तर्गत, उद्योग प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १ लाख ६३ हजार १२५ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९३८ कित्ता सेयर पहिले नै निष्कासन गरिसकिएको छ। त्यसैगरी, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोषहरू र १ लाख २३ हजार ९७५ कित्ता कम्पनीका कर्मचारीहरूलाई छुट्याएर बाँडफाँट गरिसकिएको छ।

अब सर्वसाधारणका लागि दोस्रो चरणमा २५ लाख १० हजार ४९३ कित्ता सेयर सार्वजनिक निष्कासन गरिएको हो, जसको कुल मूल्य २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबर रहेको छ। आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया