• २० असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, २१ जना घाइते

प्रकाशित मिति

२०८२ आश्विन २५ गते, शनिबार ०९:२४

असोज २५, २०८२ काठमाडौं–डोटीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी जाँदै गरेको सुपप्र०१–००१ ख ३९५६ नम्बरको यात्रुवाहक गाडी जोरायल गाउँपालिका–२ मा दुर्घटनामा परेको हो।

National Life

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइते सबैलाई उपचारका लागि धनगढी लगिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया