• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

राज्यका संयन्त्रमा जेनजी युवाको सहभागिता गराइने: मन्त्री खरेल

प्रकाशित मिति

२०८२ आश्विन २५ गते, शनिबार ०९:३०

असोज २५, २०८२ काठमाडौं– सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले राज्यका सबै संयन्त्रहरूमा जेनजी युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने बताएका छन्। उनका अनुसार आन्दोलनको मर्म, भावना र मागलाई सम्बोधन गर्न सरकार गृहकार्यमा जुटेको छ र जेनजी युवा प्रतिनिधिहरूसँग छलफल भइरहेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ संयन्त्रमार्फत जेनजीलाई भविष्यको नेपाल निर्माणमा सहभागी गराउने बताएकी छन्। गत भदौ २३–२४ गतेको आन्दोलनपछि ओली नेतृत्वको सरकार ढलेको थियो र जेनजी युवाको सिफारिसमा सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी हुन्।

Kamana Sewa

सरकारले जेनजी युवाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मागलाई सम्बोधन गर्न गम्भीर तयारी गरिरहेको मन्त्री खरेलले बताएका छन्।

Classic Tech Desktop

प्रतिकृया