• २० असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

कीर्तिपुर प्रहरी वृत्तका डीएसपी फेरिए

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०४:२८

असोज २३, २०८२ काठमाडौं– कीर्तिपुरस्थित प्रहरी वृत्तमा प्रहरी निरीक्षक (डीएसपी) स्तरको हेरफेर गरिएको छ। हालसम्म वृत्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डीएसपी राजबाबु महर्जनलाई हटाएर उनकी ठाउँमा डीएसपी शिवकुमार बुढाथोकीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

National Life

यसअघि मंगलबार मात्रै ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा पनि डीएसपीको जिम्मेवारीमा हेरफेर गरिएको थियो। एक साताभित्रै काठमाडौं उपत्यकाका दुईवटा महत्त्वपूर्ण प्रहरी वृत्तमा नेतृत्व परिवर्तन गरिएको हो।

प्रहरी प्रधान कार्यालयले डीएसपी हेरफेरको कारणबारे कुनै आधिकारिक जानकारी दिएको छैन। यस्ता सरुवाहरूलाई सामान्य प्रशासनिक प्रक्रिया मानिए पनि समयमा समयमा स्थानीय सुरक्षा अवस्था, कार्यसम्पादन मूल्याङ्कन तथा आन्तरिक व्यवस्थापनलाई आधार बनाएर निर्णय गरिने गरिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ डीएसपी बुढाथोकीले कीर्तिपुरको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन कस्तो रणनीति अपनाउने छन् भन्ने कुरामा स्थानीय समुदायको चासो बढेको छ।

प्रतिकृया