• २० असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

दुई दिनको गिरावटपछि सेयर बजारमा केही सुधार,कति भयो कारोबार ?

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०४:२४

असोज २३, २०८२ काठमाडौं–  लगातार दुई दिन राताम्य बनेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार केही सुधार देखिएको छ। बजार खुलेको तीन मिनेटमै सकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। सुरुमा नेप्से सूचक १०२ अंकले उकालो लागेको भए पनि त्यसपछि बजार ओरालो लाग्दै अन्ततः २२.५९ अंकले घटेर २५८२.१८ बिन्दुमा बन्द भयो।

National Life

आजको कारोबार अवधिमा ३१३ कम्पनीका १ करोड १८ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। उपसूचक सूचकहरू मध्ये १२ उपसमूहमा हरियाली देखिए पनि व्यापार समूह भने १.४८ प्रतिशतले घटेको छ।

बजारमा देखिएको प्रारम्भिक सुधारको पछाडि केही नीतिगत परिवर्तनको भूमिका रहेको देखिन्छ। अर्थमन्त्रालयको निर्देशनपछि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको सीमा हटाएको छ, जुन लगानीकर्ताहरूको प्रमुख माग थियो। यस कदमले बजारमा केही सकारात्मक संकेत दिएको भए पनि व्यापक सुधार भने देखिएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

जनमत आन्दोलनपछि बनेको वर्तमान सरकारले पुँजी बजार सुधारका लागि केही कदम चाले पनि लगानीकर्ता अझै विश्वस्त देखिँदैनन्। राजनीतिक अस्थिरता, विपक्षी दलहरूको आन्दोलनको चेतावनी, र अन्तिम सरकारको स्थायित्वमाथिको प्रश्नले बजारमा अन्योलता थपेको छ।

पुँजी बजार सुधार कार्यदलले दिएका सुझावहरू अझै पूर्णरूपमा कार्यान्वयनमा नआएको भन्दै लगानीकर्ताले असन्तोष व्यक्त गरिरहेका छन्। यसले उनीहरूको मनोबल अझै उकासिन सकेको छैन।

प्रतिकृया