• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

सार्वजनिक सम्पत्ति तोडफोडको आरोपमा बालेन र सुदन गुरुङविरुद्ध अखिलको जाहेरी

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०१:४७

असोज २२, २०८२  काठमाडौं–  नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीको आरोप लगाउँदै देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन लागेको छ।

National Life

अखिलका महासचिव दीपक धामीका अनुसार जेनजी आन्दोलनको क्रममा देशभर अड्डा, अदालत, प्रहरी चौकीजस्ता सरकारी संरचनामा तोडफोड र आगजनी भएको भन्दै त्यसको नेतृत्वमा रहेको बालेन साह र सुदन गुरुङमाथि कानुनी कारबाहीको मागसहित जाहेरी दर्ता गरिने छ।

“सार्वजनिक सम्पत्तिको क्षति पुर्‍याउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्छ,” धामीले बताए, “हामी आजदेखि केन्द्रको समन्वयमा जिल्ला जिल्लामा जाहेरी दिंदैछौं।”

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि मंगलबार अखिलका प्रतिनिधि टोलीले काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिन प्रयास गरे पनि दर्ता हुन नसकेको अखिलले जनाएको छ। अखिलले आन्दोलनका क्रममा भएका क्षतिका लागि दोषीको पहिचान र कारबाहीको माग गर्दै थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्ने चेतावनी दिएको छ।

प्रतिकृया